आइतबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आजको कारोबारमा सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार पनि यही मूल्यमै सुनको कारोबार भएको थियो । आज चाँदीको भाउमा पनि कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य आज प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि चाँदीको भाउ स्थिर नै रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर