भारतको काश्मिरमा ५.९ रेक्टर स्केलको भूकम्प

काठमाडौं । भारतको काश्मिरमा शनिबार भूकम्प गएको छ। दिउँसो १२ बजेर ३० मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान र ताजिकिस्तान सीमामा जमिनको सतहबाट ८६ किलोमिटर गहिराइमा रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्।

भूकम्पको धक्का दिल्लीसम्म महसुस गरिएको थियो। भूकम्पको धक्का भारतसँगै पाकिस्तान र अफगानिस्तान पनि महसुस गरिएको थियो। आजै भारतमा दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ। बिहान आसाममा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पका कारण भएकाे मानवीय वा भौतिक क्षतिबारे समाचार आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर