आन्दोलनरत शिक्षक-प्रधानमन्त्री वार्ता : उपलब्धि अन्योल

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रधानमन्त्री केपी ओलीबिच हिजो शुक्रबार राति भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा आन्दोलनरत राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका साथै महासचिव सचिवलगायतका पदाधिकारीहरुको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वार्ता सकारात्मक दिशातर्फ उन्मसख भएको दुबै पक्षको भनाइ रहेता पनि कसैले पनि वार्ताको विस्तृत विवरण खुलाउन चाहेका छैनन् ।

शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच संवाद भइरहेपनि सहमति जुटन सकेको छैन । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेमा आन्दोलनको मोडालिटी परिर्वतन गर्न सक्ने संकेत महासंघले दिएको छ । शिक्षकहरुको मागअनुसार नै विद्यालय शिक्षा विधेयकलाई लक्षित गरेर सरकारले १२ वैशाखमा संसदको वर्षे अधिवेशन आह्वान गरेपनि शिक्षकहरु अझ विश्वस्त हुन सकेका छैनन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर