आन्दोलनकारी शिक्षक र प्रधानमन्त्रीबिच भेटघाट ?

काठमाडौं । संसदबाट विद्यालय विधेयक पारित भएपछि मात्रै वार्ताको टेबुलमा बस्ने अडान लिइरहेका आन्दोलनरत शिक्षक र प्रधानमन्त्री केपी शर्मा ओलीबिच आज शुक्रबार भेटघाट भएको छ । तर भेटघाटका सम्बन्धमा स्वतन्त्र पुष्टि भइसकेको छैन ।

प्रधानमन्त्रीनिवास वालुवाटारमा शिक्षक प्रतिनिधिहरू प्रधानमन्त्रीसँग भेट्न पर्खेर बसेको बताइएको छ । शिक्षकहरूले वार्ता गर्ने हो भने प्रधानमन्त्रसिँग मात्रै गर्ने आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन् । यसअघि शिक्षा मन्त्रालयले पटक–पटक वार्ताको आह्वान गरेपनि प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने महासंघको अडान थियो।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरू दुई सातादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलन थालेका शिक्षकहरूले चैत २५ देखि अनिश्चितकालीन शैक्षिक हडताल गरिरहेका छन्। विद्यालय शिक्षा ऐन नलिइकन घर नफर्कने आन्दोलनरत शिक्षकहरूले बताइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर