६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिश

काठमाडौं ।  सरकारले नेपाल प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ६ जनालाई सिफारिश गरेको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले रिक्त ६ एआईजीमा नायब महानिरीक्षक (डीआईजी) हरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई एआईजीमा सिफारिश गरेको हो ।

बढुवा सिफारिश भएकाहरुमध्ये खापुङ, आचार्य र शर्मा २०५२ सालमा तथा कार्की, अधिकारी र केसी ०५४ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन् । सिफारिश भएका सबै डीआईजी ज्येष्ठता र वरीयताक्रममा अगाडि रहेका अधिकृत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर