भक्तपुरमा द्यः स्वगं बियगु अर्थात् सगुन पूजा मनाइँदै

काठमाडौं ।  बिस्का जात्राको आठौँ  दिन आज भक्तपुरमा द्यः स्वगं बियगु अर्थात् आ–आफ्ना इष्ट देवदेवीलाई सगुन चढाएर जात्रा मनाइँदै छ । आज बिहीबार बिहानैदेखि बाजागाजासहितको झाँकी र भजनकीर्तन गर्दै देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाउने क्रम सुरु भएको छ ।
जात्रामा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोसाक हाकु पटासी र दौरा, सुरुवालमा सजिएर सहभागी भएका छन् । देवीदेवतालाई सगुनसहित पूजा गर्नका लागि आ–आफ्ना द्यः छें (देवता घर) बाट निकाली चोक तथा डबलीमा राखिन्छ । यो पूजा प्राचीनकालदेखि चल्दै आएको छ । बिस्का बिस्केट) जात्रामा विध्न बाधा वा केही भूलचूक भए क्षमायाचनाका निम्ति गरिने पूजालाई द्यः स्वगं बियगु (सगुन पूजा) का रूपमा मनाउने प्रचलन प्रारम्भ भएको स्थानीय संस्कृतिका जानकारहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर