बुधबार सुनको मूल्यले बनायाे, अहिले सम्मकै महँगाे

काठमाडौं । बुधबार सुनको मूल्यले अहिलेसम्कै रेकर्ड तोडेको छ । नयाँ रेकर्ड कायम गर्दै बुधबार एकै दिन सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा पुगेको छ ।
यो मूल्य अहिलेसम्मको उच्च मूल्य हो । यसअघि ५ चैतमा उच्च मूल्यमा सुनको कारोबार भएको थियो उक्त दिन सुनको मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुनको मूल्य एक हजार रुपैयाँले बढेको थियो । सोहि दिन छापावाल सुन प्रतितोला १ लाख ९ हजार र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर