दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित

काठमाडौं । दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गरेको छ । गएराती सम्पन्न रोमान्चक खेलमा दिल्लीले राजस्थानलाई सुपर ओभरमा पराजित गरेको हो ।
दिल्लीले दिएको १८९ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ४ विकेट गुमाउदै १८८ रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो । सुपर ओभरमा राजस्थानले दिएको १२ रनको लक्ष्य दिल्लीले चार बल खेल्दै पुरा गरेर खेल जितेको हो । यो यस सिजनको आइपिएलमा सुपर ओभरमा खेलको निर्णय भएको पहिलो पटक हो ।
यस अघि दिल्लीले आफ्नो घरेलु मैदानमा पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १८८ रन बनाएको थियो । यो जितपछि दिल्लीको ६ खेलमा ५ जितसहित १० अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै राजस्थानको भने यो पाँचौं हार हो । राजस्थानको ७ खेलमा २ जित र ५ हारसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा झरेको छ । आज आइपिएलमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच खेल हुदै ।