नेप्से परिसूचकमा ९.७५ अंकको वृद्धि

काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ९.७५ अंकले बढेको छ । यस दिन २.६९८ को विन्दुमा कायम भएको छ ।

आज १४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको सेयर मूल्य घटेको छ । ३२९ कम्पनीको एक करोड ६६ लाख ११ हजार ५ सय ३२ कित्ता शेयर ६४ हजार ३ सय ६० पटक खरिदबिक्री हुँदा  सात अर्ब २६ करोड५१ लाख २२ हजार २ सय ४१ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५० करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बलेफी हाइड्रोपावरको ४२ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल माइक्रो इन्स्योरेन्स, राधि विद्युत कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर