मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं ।  मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एक नाबालिकासँगको  सम्बन्धलाई लिएर महिला प्रहरी सेलमा अहिराजविरुद्ध उजुरी परेको थियो । उक्त उजुरीमाथि अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार अहिराजविरुद्ध परेको उजुरीमा अनुसन्धान भइरहेको छ । ‘उहाँविरुद्ध उजुरी परेकाले हामी अनुसन्धान गर्दैछौं,’ उनले भने ।

केपी शर्मा ओलीले अघिल्लो प्रधानमन्त्रीत्वकालमा दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाएझैँ अहिराजलाई मधेश प्रदेशको प्रमुखमा नियुक्त गरेका थिए। पछिल्लो समय उनी राजावादी भएर अन्तर्वार्ताहरू दिंदै हिंड्न थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर