आज सुन तोलाको १ लाख ८७ हजार पुग्यो

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य तोलामा २७ सय रुपैयाँ बढेको छ । अघिल्लो दिनको तुलनामा प्रति तोला २७ सय बढेर आज १ लाख ८७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९ सय ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज  बुधबार बढेर १ लाख ९ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर