पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई १६ रनले पराजित गर्‍यो

काठमाडौं ।  इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई १६ रनले पराजित गरेको छ ।  स्पिनर युजवेन्द्र चहलको नेतृत्वमा बलरहरूको उत्कृष्ट प्रदर्शन गरेपछि पञ्जाबले कोलकाता माथि यो जित दर्ता गर्न सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको पञ्जाबले १५.३ ओभरमा अल आउट हुँदै जम्मा १११ रन बनाएको थियो । तर जवाफमा केकेआर १५.१ ओभरमा ९५ रनमा अलआउट भयो । यसरी पञ्जाबले आईपीएल इतिहासकै सबैभन्दा कम लक्ष्यको सफलतापूर्वक रक्षा गर्न सफल भयो ।

पञ्जाबले चेन्नई सुपर किंग्सको १६ वर्ष पुरानो रेकर्डलाई तोडेको छ । सन्, २००९ मा डरबनमा पञ्जाब विरुद्धको आफ्नो सबैभन्दा कम लक्ष्यको रक्षा गरेको थियो । त्यतिबेला, चेन्नईले ११७ रनको लक्ष्य सफलतापूर्वक रक्षा गरेको थियो । पञ्जाबको टोलीले आठ विकेट गुमाएर केवल ९२ रन मात्र बनाउन सकेको थियो ।

श्रेयस अय्यरको नेतृत्वमा रहेको टोलीले १६ वर्षपछि यो रेकर्ड तोड्यो र केकेआरलाई ११२ रनको लक्ष्य हासिल गर्न दिएन । केकेआर र पञ्जाब किंग्स बीच सधैं रोचक खेल हुन्छ । गत सिजनमा पञ्जाबले केकेआर विरुद्ध आईपीएलमा सर्वाधिक लक्ष्य हासिल गरेको थियो । अब, आईपीएलको सबैभन्दा कम स्कोरको रक्षा गरिएको छ।

पञ्जाब किंग्सको छ खेलमा चार जित र दुई हारसहित आठ अंक छ र अंक तालिकामा चौथो स्थानमा छ । यसैबीच, केकेआरको टोली सात खेलमा तीन जित र चार हारपछि छ अंकसहित तालिकाको छैटौं स्थानमा झरेको छ । गुजरात टाइटन्स छ खेलबाट चार जित र दुई हारसहित आठ अंकसहित शीर्ष स्थानमा छ।

यो खेलमा आफ्नो उत्कृष्ट प्रदर्शनसँगै चहल आईपीएलमा सबैभन्दा धेरै पटक चार वा सोभन्दा बढी विकेट लिने बलर बनेका छन् । उनले केकेआरका अनुभवी स्पिनर सुनील नारिनको बराबरी गरे, जसले चहल जस्तै आईपीएलमा आठ पटक चार वा सोभन्दा बढी विकेट लिएका छन् । केकेआर विरुद्ध चहलले चार वा सोभन्दा बढी विकेट लिएको यो तेस्रो पटक हो । यो कुनै पनि बलरले कुनै पनि टोली विरुद्ध गरेको सबैभन्दा धेरै पटक हो । लसिथ मालिंगाले सात पटक, कागिसो रबाडाले छ पटक र अमित मिश्राले पाँच पटक यस्तो गरेका छन् ।

लक्ष्य पछ्याउने क्रममा केकेआर राम्रो स्थितिमा देखिएन । पहिलो ओभरमै विकेट गुमाएको थियो । यद्यपि, कप्तान अजिंक्य रहाणेले प्रभावशाली खेलाडी अंगकृष रघुवंशीसँग तेस्रो विकेटको लागि ५५ रनको साझेदारी गरे तर साझेदारी टुट्ने बित्तिकै केकेआरको इनिङ तासको पत्ता जस्तै चकनाचुर भयो । अन्त्यमा, आन्द्रे रसेलले केही ठूला सट खेलेर टोलीलाई जित दिलाउन प्रयास गरे । तर अर्को छेउबाट लगातार विकेट पतन भइरहेका कारण उनी आफ्नो प्रयासमा सफल हुन सकेनन् ।

केकेआरका लागि रघुवंशीले सर्वाधिक ३७ रन बनाए भने रहाणेले १७ र रसेलले १७ रन बनाए । यी तीन ब्याट्सम्यान बाहेक, केकेआरका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीन ब्याट्सम्यानले खाता पनि खोल्न सकेनन् । पञ्जाबका लागि चहलले चार ओभरमा २८ रन दिँदै चार विकेट लिए भने तीव्र गतिका बलर मार्को जानसेनले १७ रन दिँदै तीन विकेट लिए र टोलीको अभूतपूर्व जितमा महत्वपूर्ण योगदान दिए ।

यसअघि हर्षित राणाको नेतृत्वमा बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि पञ्जाबले पूरा २० ओभर पनि खेल्न सकेन । पञ्जाबका लागि ओपनर प्रभसिमरन सिंहले सर्वाधिक रन बनाए । प्रभसिमरन सिंहले १५ बलमा दुई चौका र तीन छक्काको मद्दतले ३० रन बनाए।  पहिले ब्याटिङ गर्दै प्रभसिमरन र प्रियांश आर्यले टोलीलाई राम्रो सुरुवात दिए र टोलीले केवल तीन ओभरमा ३० रनको आँकडा पार गर्यो । तर, चौथो ओभर बलिङ गर्न आएका हर्षितले १२ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २२ रन बनाएर आउट भएका प्रियांशलाई आउट गर्दै पञ्जाबका लागि पहिलो सफलता प्रदान गरे । त्यहाँबाट पञ्जाबको इनिङ्स कमजोर भयो र नियमित अन्तरालमा विकेट गुमायो । राम्रो लयमा रहेका कप्तान श्रेयस अय्यरले खाता पनि खोल्न सकेनन् ।

पञ्जाबको ब्याटिङ यति कमजोर थियो कि टोलीका पाँच ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । पञ्जाबका लागि शशांक सिंहले १८ रन बनाए, जसले टोलीलाई १०० भन्दा माथिको स्कोर बनाउन मद्दत ग¥यो । यी बाहेक जेभियर बार्टलेटले ११, नेहल वधेराले १०, ग्लेन म्याक्सवेलले सात, सूर्यांश शेडगेले चार र मार्को जानसेनले एक रन बनाए । अर्शदीप सिंह एक रन बनाएर अविजित फर्किए । केकेआरका लागि हर्षित सबैभन्दा सफल बलर बने जसले तीन ओभरमा २५ रन दिएर तीन विकेट लिए । उनी बाहेक वरुण चक्रवर्ती र सुनील नारेनले दुई–दुई विकेट लिए भने वैभव अरोरा र एनरिच नोर्टजेले एक–एक विकेट लिए ।

आइपीएलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स आमने सामने हुने छन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरुहुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर