कक्षा १२ को परीक्षामा सहभागी नहुने शिक्षक महासंघको निर्णय

काठमाडौं ।  नेपाल शिक्षक महासंघले जारी शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ । हिजो सोमबार बसेको आन्दोलनरत राष्ट्रिय शिक्षक महासंघको पदाधिकारी बैठकले मागहरु सम्बोधन नभएसम्म आन्दोलनलाई थप शशक्त बनाउने निर्णय गरेको हो ।

बैठकले यही बैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा कार्यक्रममा समेत सहभागी नहुने निर्णय गरेको राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । योसँगै कक्षा १२ को परीक्षा, के हुने भन्ने विषयमा अनिश्चिता बढेको छ । आन्दोलनसँगै सरकारसँगको संवादलाई पनि निरन्तरता दिने महासंघको निर्णय छ । शिक्षकहरुले राजधानी काठमाडौंमा हिजो १३ औँ दिन पनि आन्दोलन जारी राखेका थिए ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर