दाउन्नेमा सोमबार रातिदेखि सडक बन्द गरिने

काठमाडौं । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सोमबारदेखि रातिको समयमा बन्द गरिने भएको छ । दाउन्नेको पहाड क्षेत्रमा सडक विस्तारको काम छिटो सक्न सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको हो ।
नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालले दाउन्ने खण्डमा आज (सोमबार) राति ११ देखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाएर काम गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार वैशाख १५ गतेसम्म सो सडक खण्ड रातिको समयमा बन्द हुनेछ । चैत्र २७ गतेदेखि दिउँसोमा सडक बन्द गरेपनि सोचेअनुसार काम गर्न नसकेपछि रातिमा सडक आवागमन बन्द गर्न लागिएको खनालले बताए । आयोजनाले एक हप्ताअघि चैत्र २७ गतेदेखि ३१ गतेसम्म दिउँसोमा बिहान ११ देखि अपराह्न ३ बजेसम्म सवारी आवागमन बन्द गर्दै आएको थियो ।
प्रतिक्रिया