सिक्किमको हिउँ पहिरोमा परेर शिवप्रसाद,आशिका र मुनाको मृत्यु

काठमाडौं । गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । भारतीय सेनाले जारी गरेको एक विज्ञप्ति अनुसार तीन नेपालीसहितको सातको मृत्यु भएको हो ।

उक्त हिउँ पहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् । यसरी हिउँ पहिरोमा परेर मृत्यु हुने नेपालीहरूमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको भारतीय सेनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर