अन्तिम खेलमा नेपाल यू-१९ को सामान्य योगफल

काठमाडौं । आइसीसी यू-१९ विश्वकप छनोटको तयारीका लागि नेपाल र अफगानिस्तानबीच जारी सिरिजको तेस्रो खेलमा नेपालले १ सय ९२ रनको सामान्य योगफल प्रस्तुत गरेको छ । टस जितेर बलिङ रोजेको अफगानिस्तानविरुद्ध नेपालले ४५ औं ओभरमा अलआउट हुँदै १ सय ९१ रनमात्र बनाउन सक्यो । नेपालले सानदार सुरुवात गरेपनि मध्यक्रमका ब्याटरले राम्रो खेल्न नसक्दा सामान्य स्कोरमा सिमित भयो । नेपालका लागि ओपनर साहिल पटेलले सर्वाधिक ४६ रन जोडे ।
नेपालका लागि ओपनरद्वय साहिल र निरज कुमार यादवले उत्कृष्ट सुरुवात दिलाएका थिए । १५ औं ओभरमा ८३ रनको अवस्थामा निरज आउट भएपछि साझेदारी तोडिएको थियो । ४७ बलमा ६ चौका र १ छक्कासहित ४२ रन जोडेका निरज हफिज जदरानको एलबीडब्लु शिकार बने ।
नेपाल १२०(१ को स्थितिमा रहँदा साहिल २२ औं ओभरमा विकेटकिपरबाट समातिए । उनले ६२ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । केहीबेरमै कप्तान नरेन भट्ट २२ रनमा हुँदा पोइन्टमा क्याच भए । दर्श सोनारले १० रन र रोशन विश्वकर्माले २८ रनको योगदान दिए । २३ बलमा २.२ चौका र छक्का प्रहार गरेका रोशन ठूलो सट खेल्ने धुनमा क्याच आउट भएका थिए ।
त्यसपछि सन्तोष यादव ७, दिलसाद अली ३, अशोक धामी १, अपराजित पौडेल शून्य र विपिन शर्मा ४ रनमा आउट भए । अफगानिस्तानका हफिज जदरानले ४ विकेट लिए । अब्दुल अजिज र जाइतुल्लाह शाहिनले २.२ तथा रोहुल्लाह अरब र महबुब खानले १.१ विकेट हात पारे । अफगानिस्तानले सिरिज २.० ले जितिसकेको छ । नेपाल र अफगानिस्तान दुवै सम्मिलित विश्वकप छनोट आइतबारदेखि सुरु हुनेछ । यूएई, ओमान र हङकङ पनि छनोटमा खेल्नेछ ।