बाख्मत शहर रुसको नियन्त्रणमा नगएको युक्रेनका राष्ट्रपति जेलेन्स्कीको दाबी

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युक्रेनको बाख्मत शहर रुसको नियन्त्रणमा नगएको दाबी गर्नुभएको छ ।

विश्व धनी मुलुकहरुको समुह जी(सेभेनमा सहभागी हुन जापानको हिरोसीमा पुग्नुभएका जेलेनस्कीले पत्रकार सम्मेलन गरी बाख्मत शहर रुसको कब्जामा नगएको दाबी गर्नुभएको हो ।

उहाँले गत अगष्टदेखि सो शहरमा रक्तपातपुर्ण लडाई जारी रहेको भन्दै अझैपनि शहरका केही भागमा युक्रेनी रक्षकहरु तैनाथ रहेको बताउनुभयो ।

जेलेन्स्कीले बाख्मतलाई दोश्रो बिश्वयुद्धमा परमाणु बमले ध्वस्त भएको हिरोसिमा शहरसँग तुलना गर्दै युद्धका क्रममा ध्वस्त भएका संरचनाहरुको छिट्टै पुननिर्माण गर्ने बाचा गर्नुभयो ।

यसअघि रुसको तर्फबाट युद्ध लडिरहेको बाग्नर समुहले बाख्मतलाई पुरै नियन्त्रणमा लिएको दाबी गरेको थियो । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर