नक्कली भुटानी शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूमाथिको अनुसन्धान प्रतिवेदन आज बुझाइँदैछ । जिल्ला प्रहरी कार्यालयले हालै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा कम्तीमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो ।

सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पूर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिनादेखि जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ । आइतबार नै बुझाउने भनिए पनि कागजातका अपुग भएपछि आज बुझाउन लागिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर