तीनकुने तनाव उत्पन्न, राजावादी र प्रहरीबिच झडप

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी र प्रहरीबिच धकेलाधकेल भएको छ । जसले गर्दा तनाव उत्पन्न भएको छ । दुर्गा प्रसाईँको नेतृत्वमा रहेको राजावादी प्रदर्शनकारीलाई प्रहरीले तीनकुनेमै रोक्न खोजेपछि उक्त धकेलाधकेल भएको हो । प्रदर्शनकारीहरू प्रहरीको बार तोडेर बानेश्वरतर्फ अघि बढ्न खोजेका थिए । त्यसबिच प्रदर्शनकारी र प्रहरीबिच सामान्य झडप भएको थियो ।
प्रतिक्रिया