हुम्लाको कालिकामा ४.५ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि महसुस

काठमाडौं । हुम्ला जिल्लाको कालिका केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ बजेर ४४ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।
यसअघि ६ बजेर २७ मिनेटमा चीनको टिंग्री काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको धक्का काठमाडौंसहित चीनसँग सीमा जोडिएका जिल्लाहरुमा पनि महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस हुम्ला र आसपासका जिल्लामा भएको छ। हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।
प्रतिक्रिया