संघीयता खारेज गर्नुपर्छ : सांसद केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले सङ्घीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले सङ्घीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताएको हो।

उनले नेपालमा सङ्घीयताविरुद्धको जनमत तयार भइरहेको पनि बताउँदै लोकतन्त्र र गणतन्त्रलाई सिद्ध्याउने खतरा रहेको उल्लेख गरे । केसीले कालापानीबाट भारतीय सेना हटाउने कुरा पनि नीति, कार्यक्रममा आउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘‘नीति कार्यक्रमको बुँदा नम्बर १ मा सङ्घीय शब्द राखिएको छ, त्यसलाई हटाउनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ। सङ्घीयताले लोकतन्त्र, गणतन्त्रलाई समेत सिद्ध्याउने हो कि भन्ने खतरा छ। त्यसकारणले मौकामै हामी सतर्क हुनुपर्छ। लोकतन्त्र र गणतन्त्रमाथि प्रतिगमनको खतरा अझै रहेको छ। लोकतन्त्रविरुद्ध बादल मडारिएको छ। यसका विरुद्धमा हामी सतर्क हुनुपर्छ र एक हुनुपर्छ। कालापानीबाट भारतीय सेना हटाइनेछ भन्ने वाक्य थप गर्नुपर्छ। संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयन भन्ने वाक्यांश हटाइ सङ्घीयता खारेज गरी संविधानको कार्यान्वयन भन्ने वाक्यांश राख्नुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर