अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना महिला र एक पुरुष रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए ।

पश्चिम नवलपरासीबाट अर्घाखाँचीको सुपा देउराली दर्शनमा गएको बस दुर्घटनामा पर्दा डेढ दर्जन घाइते भएका छन् । शितगंगा नगरपालिका- २ भुवनपाटामा बुधबार अपरान्ह बस दुर्घटना हुँदा १९ जना घाइते भएको प्रहरीले जनाएको छ । लु २ ख ३०३ नम्बरको यात्रुबाहक बस भुवनपाटा ओरालो सडकबाट तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दुर्घटनामा ३ जनाको अवस्था गम्भीर रहेको र घटनाको सबै विवरण आउन बाँकी रहेको जनाएको छ । प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए । गम्भीर घाइतेलाई उपचारका लागि बुटवलतर्फ पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर