कुलमानको विषयलाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध

काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । आज प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलहहरूले आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए ।

सभामुखले नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद शक्ति बस्नेतलाई समय दिए । उनले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन अवरोध गर्ने विपक्षी दलको निर्णय सुनाए । बर्खास्तीको विषयलाई लिएक प्रमुख प्रतिपक्षी दलहरूले संसद बैठक अवरुद्ध गरेका हुन्।

जारी बैठकमा सांसद शक्ति बस्नेत बोलेसँगै बैठक अवरुद्ध भएको हो। कुलमानको बर्खास्तीको विषयमा प्रतिपक्षीले जवाफ नदिएसम्म अवरुद्ध गर्ने प्रतिपक्षीको अडान छ। विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ नआएसम्म सदन चल्न नदिने अडान लिएका थिए ।

सभामुख देवराज घिमिरेले सांसदहरूलाई बस्न आग्रह गरे । तर, सांसदहरू उभिरहेपछि सभामुख घिमिरेले बैठक आधा घण्टापछि बस्नेगरी स्थगित गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर