दुर्गा प्रसाँई र नवराज सुवेदी आन्दोलन बढाउन एक भएको घोषणा

काठमाडौं ।  संघीय गणतान्त्रिक व्यवस्थाको साटो राजतन्त्रात्मक शासन प्रणाली स्थापना गर्ने राजनीतिक अभियान सञ्चालन गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाँईलाई अबदेखि पूर्वपञ्चहरूका नेता नवराज सुवेदीले सघाउने भएको छ । सुवेदीले प्रसाईंले आह्वान गरेको चैत १५ गतेको जनप्रदर्शनलाई पूर्ण समर्थन जनाएका छन्।

सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समिति’ ले उक्त प्रदर्शनको औपचारिक रूपमा स्वामित्व ग्रहण गरेको जानकारी आज प्रकाशित एक विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा सुवेदीले चैत १५ गतेको जन प्रदर्शनलाई सफल बनाउन सबै पक्षसँग सक्रिय सहभागिताको आह्वान गरेका छन्। अब उप्रान्त राजसंस्था पुनःस्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग र समर्थन रहने विज्ञप्तिमा जनाइएको छ।

‘आउँदो शुक्रबार राजधानीमा हुने जन प्रदर्शनमा सहभागी भई समर्थन जनाउन सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी, संघीयताविरोधी तथा आम नागरिक, राजनीतिक पार्टी र समूहहरूसँग हार्दिक अपिल गर्दछु । देश बचाउन र पुनर्निर्माण गर्न अब हामीसँग अर्को कुनै विकल्प बाँकी छैन’, विज्ञिप्तिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर