काठमाडौंमा बसले किच्दा एक पुरुषको मृत्यु

काठमाडौं । काठमाडौंमा बसले किच्दा अन्दाजी ६० वर्षका पुरुषको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–१६ स्थित सडकमा बा ५ ख ३७०२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु भएको हो।

अन्दाजी ६० वर्ष जतिका ती पुरुषको हालसम्म सनाखत हुन सकेको छैन।

शनिबार दिउँसो बसले किचेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर