मौसम : मुख्यतयाः देशरभर सफा रहने

काठमाडौं ।  हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको छ। आज  कोसी, बागमती र मधेस प्रदेशसहित देशका पहाडी भू-भागको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ। अहिले कोसी र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

देशका बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि कोसी र बागमती प्रदेशका थोरै स्थान तथा मधेस र  गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। कोसी, बागमती र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।

बुलेटिनमा ‘वर्षा तथा हिमपातको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ’,उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर