सरकारी नीति तथा कार्यक्रम असफलताको दस्तावेज : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको असफलताको दस्तावेजको रुपमा सरकारको नीति कार्यक्रम आएको बताएका छन् ।

संसदको बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले राजश्व उठाउनका लागि प्रधानमन्त्रीले दातृ निकायसँग गुहार माग्नु आफैंमा लज्जास्पद भएको बताएको हो । राष्ट्रिय तथ्यांक कार्यलयले एक प्रकारको आर्थिक वृद्धिदर एकातिर देखाउने,अर्थमन्त्रीले अर्कोतिर देखाउने,प्रधानमन्त्रीले अर्कैतिर देखाउने कुनलाई पत्याउने भनेर प्रश्न गरे ।

अध्यक्ष ओलीले आफ्नो कालमा विश्वका १० वटा द्रुत आर्थिक विकास भएका देशमा उक्लिएकोे नेपाललाई गठबन्धनले नागपासा खेले झैं ९९ वटा दुईमा झारेको उल्लेख गरे । ‘नेकपा एमालेको सरकारलाई विस्थापन गरी बनेको कांग्रेस माओवादीसहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउने प्रमुख कारक हो । ‘प्रधानमन्त्रीलाई लागेको होला, सरकार राम्रो छ भनिदिए हुन्थ्यो। तथ्यांकले अर्कै कुरा बोल्छ कसरी बोल्ने ?,’ उनले भने, ‘देश र जनतालाई दु:ख दिन र  दु:खको कारण भएको छ अहिलेको गठबन्धन ।”

ओलीले भने,  ‘विभिन्न सञ्चारमाध्यममा कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा भौतिक संरचना बनाइरहेको खबर आएको र लिपुलेक, लिम्पियाधुराको खबर के छ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर