संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधान सेनापतिको दृढोक्ति

काठमाडौं ।  प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेना सदैव देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकताको रक्षार्थ जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । कैलालीस्थित सुदूरपश्चिम पृतना मुख्यालय आज बिहीबार आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उनले राष्ट्रिय हित संरक्षण गर्न नेपाली सेना गम्भीर रहेको स्पष्ट पारे ।

सेनाले राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन पुर्‍याइरहेको योगदानले आम नेपालीलाई गर्वको अनुभूति गराएको उल्लेख गर्दै प्रधान सेनापति सिग्देलले राष्ट्रको सर्वाङ्गीण विकासमा गरेको योगदानका कारण नेपाली जनतामाझ सेना र भरपर्दो सङ्गठनका रूपमा स्थापित भएको बताए । “यो विश्वास कहिल्यै पनि टुट्न दिनु हुँदैन”, उनले भने ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा नेपाली सेनाले गरेको योगदानको राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा मुक्तकण्ठले प्रशंसा भइरहेको बताउँदै प्रधान सेनापति सिग्देलले यसबाट विगतदेखि नेपाली सेनाको निःस्वार्थ सेवाभाव, जिम्मेवारी र कर्तव्य पालनाप्रतिको संवेदनशीलतालाई प्रतिविम्बित गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर