नेपाली सेना संवैैधानिक दायित्व पूरा गर्न कटिबद्ध

काठमाडौं । नेपाली सेनाले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका टीकाटिप्पणी हुन थालेपछि आफ्नो धारणा सार्वजनिक गरेको छ। सेनाले बुधबार सार्वजनिक अनुरोध पत्रमार्फत नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानले दिएका जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध रहेको स्पष्ट पारेको छ।

सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रममार्फत सार्वजनिक गर्दै आएको पनि स्पष्ट पारेको छ।​

अनुरोध पत्रमा सेनासम्बन्धी जानकारी लिन जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचना सम्प्रेषण गर्न पनि सम्बद्ध सबैमा आग्रह गरिएको छ। विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सेना गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशयसहित सूचना सम्प्रेषण भएसँगै सेनाले मुख खोलेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर