प्रधानमन्त्री प्रचण्ड जेठ १५ गते भारतको औपचारिक भ्रमणमा जाने तयारीमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी जेठ १५ गते भारतको औपचारिक भ्रमणमा जाने प्रायः निश्चित भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १५ गते भारतको चार दिने औपभारिक भ्रमणका लागि नयाँदिल्ली आइपुग्नेछ । भारतीय सञ्चारमाध्यमहरूले २९ मे मा प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली आइपुग्ने उल्लेख गरेता पनि जेठ १५ गते नेपालमा गणतन्त्र दिवस पर्ने भएकाले प्रधानमन्त्री प्रचण्ड साँझपख नयाँदिल्लीतर्फ प्रस्थान गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यव्यस्तताका कारण भारतले मे २९ मा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तय गरेको कूटनीतिक सूत्रले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डले शनिबार राजधानीमा आयोजित एक समारोहमा आफ्नो आगामी भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ इतिहास रच्ने बताएका थिए ।
उनले भनेका थिए, “द्विपक्षीय सम्बन्धमा नयाँ गति सिर्जना गर्न भारत जाँदैछु । यसपटक भारत भ्रमणका क्रममा धेरै नयाँ कुराहरु हुने अपेक्षा गरिएको छ । नेपाल र भारत दुवैका लागि यो राम्रो अवसर हुनेछ । द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउनुका साथै सहयोगका नयाँ क्षेत्रहरू पनि खोजिनेछ। हामी नयाँ इतिहास रच्न सक्छौं भन्ने पूर्ण विश्वास छ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर