काठमाडौंबाट झण्डै २५ करोड भन्दा बढि रुपैयाँ बोकेको ट्रकसहित २ जना पक्राउ

काठमाडौं । प्रहरीले झण्डै २५ करोड भन्दा बढि रुपैयाँ बोकेको ट्रकसहित २ जनालाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान एउटा ट्रकबाट उक्त रकमसहित चालक र अर्का एक जनालाई पक्राउ गरेको हो । ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार बरामद रुपैयाँ गन्ने काम भइरहेको छ । प्रहरीले अपरान्ह दुई बजे पत्रकार सम्मेलनगरी बरामद रकम र पक्राउ परेका व्यक्ति सार्वजनिक गर्ने तयारी गरेको बस्नेतले जानकारी दिए । बरामद रकम नेपालीसँगै विदेशी मुद्रासमेत रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर