धनुषाको सबैलामा प्रहरीको गोलीबाट एकजना घाइते

काठमाडौं । धनुषाको सबैला नगरपालिका-९ भठिहनमा चोकको नामकरणलाई लिएर दुई पक्षबीचको विवादले स्थिति तनावपूर्ण बनेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर २२ वर्षीय सन्तोष यादव घाइते भएका छन् । स्थानीयका अनुसार प्रहरीले दुई राउण्ड गोली चलाएको छ ।
झडपमा अन्य दुईजना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । अहिले पनि अवस्था तनावपूर्ण रहेको बताइएको छ । यहाँ एक पक्षले ‘यादव चोक’ नामकरण गरेपछि अर्को पक्ष विरोधमा उत्रेको हो । आइतबार पनि दुई पक्षबीच झडप भएको थियो । प्रहरीले अश्रुग्यास हानेर स्थिति नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया