समयमै राजतन्त्र पुनर्स्थापना गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जंगबहादुर राणाले गणतन्त्रको विकल्प खोज्ने दिन आएको दाबी गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद राणाले संसद्मा गणतन्त्रवादी दलहरुले राजतन्त्रप्रति कटाक्ष गरिरहेको भन्दै राजतन्त्रलाई कम नआक्न समेत चेतावनी दिए ।

‘यो देशमा जनताले चाहेको सनातन हिन्दूसापेक्ष अधिराज्यसहित यो गणतन्त्र र संघीयतालाई पाखा लगाउनुबाहेक अर्को उपाय छैन । यो काम समयमा नै गरौं सभामुख महोदय, समय निस्किसकेपछि….‘’ उनले भने । त्यस्तै यसअघि संसद्मा राजतन्त्रविरुद्धमा आवाज उठिरहेको भन्दै अन्य पार्टीहरुको इतिहाससमेत नभूल्न उनले आग्रह गरे । साथै उनले देशमा परिवर्तनको हावा चलिसकेको भन्दै त्यसलाई समयमा नै बुझेर अघि बढ्नसमेत आग्रह गरे ।

‘हामी इतिहासलाई नर्बिसम । यहाँ भएका अधिकांश पार्टीको इतिहास जनताको रगतमा नुहाएर आएको नबिर्सम । देशमा परिवर्तनको हावा चलिसकेको छ । देश पूर्णरूपले असफल भइसकेको हामी सबैले महसुस गरिसकेका छौँ । अब यो परिवर्तनको हावालाई हामी सबैले बुझेर आँधीबेहरीमा परिणत हुनेभन्दा पहिले हामी सबैले यो सदनलाई मैले पटकपटक अनुरोध गरिरहेको छु,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर