पूर्वराजा ज्ञानेन्द्रमाथि प्रचण्डको यस्तो थियो, संगीन आरोप !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि गम्भीर आरोप लगाएका छन् । पूर्वराजाको नाम नलिई प्रचण्डले ‘दरबार हत्याकाण्ड’ को मास्टरमाइन्ड र ‘मूर्ति चोर’ भएको गम्भीर आरोप लगाए ।
नेकपा माओवादी केन्द्र मेलम्ची नगर समिति, सिन्धुपाल्चोकको नगर सम्मेलन तथा जागरण सभा कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले उक्त आरोप लगाएका हुन् । प्रचण्डले यस्ता बदनाम संस्था फेरि फर्किन सम्भव नरहेको बताए ।
‘जुन नौटङ्कीहरू देखाइँदैछ । २५० वर्षसम्म राजा महाराजाले यो देशलाई कहाँ पुर्याए ? नेपाली जनताले बिर्सेको छ ? मूर्ति चोर को हो ? नेपालका ठुलठुला मूर्ति चोरहरू अहिले राजा ! भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिस्र्यो भन्ठानेको ?’,प्रचण्डले भने ।