एमालेको केन्द्रीय सचिवालयको बैठक चैत ४ गते बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बैठक आउँदो चैत ४ गते बस्ने जानकारी दिए ।
सचिव अधिकारीका अनुसार बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायतका विषयमा छलफल हुने भएकोछ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने तय गरिएको छ ।
प्रतिक्रिया