क्यानको महिला क्रिकेट खेलाडीसँग वार्षिक सम्झौता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले १९ महिला क्रिकेट खेलाडीसँग गरेको वार्षिक सम्झौताको सूची सार्वजनिक गरेको छ । क्यानले ए, बि, सी र डी गरी चार तहमा खेलाडीलाई वर्गीकरण गरेर वार्षिक सम्झौता गरेको हो ।
क्यानले ए सूचीमा रहेका ४ महिला खेलाडीलाई प्रतिमहिना ५० हजार, बी सूचीमा रहेका एक खेलाडीलाई प्रति महिना ३५ हजार, सी सूचीमा रहेका २ जनालाई प्रति महिना २५ हजार र डी सूचीमा रहेका १२ खेलाडीलाई प्रति महिना २० हजार दिने जनाएको छ । क्यानले यो सूचीमा पहिलो ६ महिनापछि पुनःमूल्यांकन गर्ने जनाएको छ ।
प्रतिक्रिया