आज  मंगलबार नेप्से परिसूचक ३२.२१ अंकले घट्यो

काठमाडौं । आज  मंगलबार नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० अंकमा आएको छ र नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ८ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३०३ स्टकको ९२ हजार ३१ पटकको कारोबारमा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आजको कारोबारमा १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक १.९३ प्रतिशत बढेको हो । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४९ प्रतिशत घटेको छ । त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन महालक्ष्मी विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ६.६९ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । जसको ५८ करोड ६५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर