शिक्षकहरूले आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने धएको छ ।

नेपाल शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरूले आजदेखि राजनीतिक दलको केन्द्रीय कार्यालयमा धर्ना दिएर सङ्घीय शिक्षा ऐन जारी गर्न दबाब दिने कार्यक्रम अन्र्तगत आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने भएका हुन् ।

त्यसैगरी फागुन २८ गते नेकपा एमालेको कार्यालय, चैत १ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना दिने महासङ्घले जनाएको छ ।

यसैगरी चैत २ गते नेकपा एकीकृत समाजवादीको कार्यालय, ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, ४ गते जसपा, लोसपा र राष्ट्रिय जनमोर्चाको कार्यालय र चैत ५ गते जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को कार्यालयमा धर्ना दिइने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर