कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । कास्की तथा आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको जनाइएको छ ।
४.३ म्याग्निच्युडको भूकम्प गएको काठमाडौं लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प गएपछि मस्त निद्रामा रहेका स्थानीयबासी आत्तिएर उठेका थिए। भूकम्पले गरेको क्षतिबारे यकिन भइसकेको छैन।
प्रतिक्रिया