काउलीमा अत्याधिक मात्रामा विषादी फेला

काठमाडौं । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको काउलीमा अत्याधिक मात्रामा विषादी फेला परेको छ ।

धादिङबाट ल्याइएको काउलीमा ७१।४८४ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।

आइतबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १९ वटा तरकारी तथा फलफूल पसलको परीक्षण गर्दा काउलीमा विषादी भेटिएको हो ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर