चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु

काठमाडौं । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी सहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार बिहान साढे ६ बजेतिर १४ जना सवार गाडी सिमिङ गाउँको सडकखण्डको भीरको किनारमा पल्टिँदा सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पुष्टि गर्दै जिङ्सी नगरपालिका सरकारले जारी गरेको विज्ञप्तिमा तीन व्यक्ति भने भाग्न सफल भएको बताएको छ। अहिले उद्धार कार्य जारी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर