सुदूरपश्चिम प्रदेश सरकारको विस्तार

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेकपा माओवादीलाई सरकारमा समावेश गर्दै दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। २०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले २७ गते दुई जना मन्त्री नियुक्त गरेका थिए।सरकार गठन भएको सय दिन पूरा हुँदा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका मुख्यमन्त्री शाहले दोस्रो पटकमा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

अहिले नेकपा माओवादी केन्द्रबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपट साउद तथा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा गितादेवी माल र नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पृथ्वीबहादुर सिंहलाई नियुक्त गरेका छन्।

दुई मन्त्रालय नपाए सरकारमा सहभागी नहुने प्रतिक्रिया दिएको नागरिक उन्मुक्ति पार्टीबाट मन्त्रीका लागि नाम सिफारिस नभएपछि सरकारमा गएको छैन।
उन्मुक्तिले मन्त्रीको नाम नपठाएपछि प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अझ केही दिन मुख्यमन्त्री कमलबहादुर शाहकै मातहतमा रहने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर