काठमाडौं महानगर र सरकारबिच द्वन्द्व जारी : अधिकृतलाई हाजिर गर्न नदिइने

काठमाडौं । सरकारले प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईलाई हाजिर गराई काम गराउन पठाएको पत्र कार्यान्वयन गर्न काठमाडौं महानगरपालिकाले अस्विकार गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलले प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई हाजिर गराउन अनुरोध गरेकोमा महानगरका प्रमुख बालेन्द्र साहले अस्विकार गरेका हुन् । प्रमुख साहले महानगरपािलिकाको तर्फबाट हाजिर गराउन नसकिने अडानसहितको जवाफी पत्र मन्त्रालयलाई पठाएको छ ।
बालेनको तर्फबाट वरिष्ठ शाखा अधिकृत शान्ता पहाडीले हस्ताक्षर गरेको पत्रमा पुरानो बसपार्कको भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको उल्लेख छ । सो प्रकरणमा छानबिन चलिरहेको भन्दै प्रमुख बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई काम गर्नबाट रोक लगाएको हो