प्रतिनिधिसभाको बैठक आज बस्दै, पाँचवटा अध्यादेश पारित गरिँदै

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपराहन्न १ बजेदेखि शुरु हुने बैठकमा सरकारले यस अघि संसदमा पेश गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि पेश हुने संघीय संसदले सार्बजनिक गरेको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सरकारले आज यस अघि जारी गरिएको भुमिसम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेश गर्ने भएको हो । सरकारमा रहेका सत्तारूढ दलहरुबीच सोमबार साँझ भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भएबमोजिम संसदमा आज यी अध्यादेशहरू स्वीकृतिका लागि पेश गरिने छन् ।  पाँचवटा अध्यादेश पारित गर्न कांग्रेस र एमालले आफ्ना सांसदहरूलाई हिवप जारी गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर