आठौँ महाधिवेशनबाट अध्यक्षमा पुनः नारायणमान विजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनबाट अध्यक्षमा पुनः नारायणमान विजुक्छें सर्वसम्मत निर्वाचित भएका छन् ।
उनी पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो ।
२०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौँ महाधिवेशनसम्म उनी नै निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदै आएका छन् ।
प्रतिक्रिया