कांग्रेस र एमालेका सांसदहरूलाई ह्विप जारी

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र एमालेले आफ्ना दलका सांसदलाई २१ गतेको प्रतिनिधिसभा बैठकमा सहभागी हुन ह्विप जारी गरेका छन् । सरकारले प्रस्तुत गरेका ६ मध्ये पाँच विधेयक स्वीकृतिका लागि पेस गर्ने भएपछि ती दलका तर्फबाट सांसदलाई ह्विप जारी गरिएको हो ।
ह्विपमा भनिएको छ, ‘‘फागुन २१ गते १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ ।’’
प्रतिक्रिया