बुवा र दिदीको कुटाइबाट यज्ञबहादुरको मृत्यु

काठमाडौं ।  बुवा र दिदीको कुटाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ ।

गएको फागुन १५ गते घरायसी विषयमा तीन जनाबीच झगडा भएको थियो । आपसी झै-झगडा हुँदा ६३ वर्षका मृतकका बुवा शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमालले उनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

बुवा र दिदीको कुटाइबाट बेहोस भएका उनको श्रीमतीले उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । कुटपिट गर्ने बुवा र दिदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर