अर्थतन्त्रको नीति र कार्यक्रममा सुधार गर्दै जाने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा, अर्थ समितिमा व्यक्ति वा पार्टीभन्दा माथि उठेर काम गर्ने बताएका छन् ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा भने, ‘‘सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन् यी सबै कुरा दिनरात हेरिरहेको छु। यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन। यहाँ देश र जनताको कुरा छ। म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु ।’’

डा।. महतले भने, ‘‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन। तर हामी नेपालमै अवसर सिर्जना गर्दै लैजाने हो। यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन। युवाको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं।’’

उनले भने, ‘‘ज्ञान र अनुभवलाई म उपयोग गर्छु। म ठूलो स्वरमा कुरा गर्दिन। सुधारको आवश्यकता छ, यसलाई इमान्दारीका साथ काम गर्छु। तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिनँ। अवश्य पनि नीति र कार्यक्रममा क्रमशः सुधार गरिने छन्। धेरैजसो यसपाली गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिने छ।’’
बैठकमा एमालेका पदम गिरी, सूर्यबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका भवानी खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री डा. महतलाई प्रश्न गरेका थिए। अर्थ समितिको बैठक नेपाली कांग्रेसका सांसद एवं समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर