भारतको कश्मीरमा जी–२० बैठक हुने भएपछि चीन आक्रोशित

काठमाडौं । भारतले यस पटक जी–२० को अध्यक्षता गरिरहेको छ र यसलाई भव्य बनाउन कुनै कसर बाँकी राखेको छैन। यसै सिलसिलामा भारतले मे २२ देखि १४ सम्म कश्मीरको श्रीनगरमा जी –२० बैठक आयोजना गर्न लागेको छ ।

भारतको यो घटनाले चीनलाई आक्रोशित बनाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले विवादित क्षेत्रमा कुनै पनि किसिमको जी–२० बैठक आयोजना गर्न चीन दृढतापूर्वक विरोध गरेको बताए । उनले भने, “हामी त्यस्ता बैठकहरूमा भाग लिने छैनौं।”

चीन पाकिस्तानको नजिकको सहयोगी हो। यसअघि पाकिस्तानले श्रीनगरमा हुने बैठकमा पनि यो अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तको उल्लङ्घन भएको बताएको थियो। पाकिस्तानले जम्मू–कश्मीरमा आफ्नो अवैध कब्जा कायम राख्न भारतको गैरजिम्मेवार कदम भएको टिप्पणी पनि गरेको थियो ।

यसअघि पनि पाकिस्तान र चीनले विगतमा पनि केन्द्र शासित प्रदेश जम्मू–कश्मीरलाई लिएर अनावश्यक टिप्पणी गरेका छन् । जम्मू–कश्मीरमा चीन र पाकिस्तानको भनाइलाई भारतले यसअघि नै अस्वीकार गरिसकेको छ । पूर्वी लद्दाखमा भारत र चीनबीच तीन वर्षदेखि द्वन्द्व चलिरहेको छ । जुन २०२० मा, पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको हिंसात्मक झडपपछि द्विपक्षीय सम्बन्धमा गम्भीर तनावमा आएको थियो । भारतले सीमा क्षेत्रमा शान्ति नभएसम्म द्विपक्षीय सम्बन्ध सामान्य हुन नसक्ने बताएको छ । भारतले कश्मीरमा जी–२० बैठकको कार्यक्रममा हेरफेर नहुने बारम्बार स्पष्ट पार्दै आएको छ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर