काठमाडौंमा भूकम्पको धक्का, सिन्धुपाल्चोकको भैरवकुण्डमा ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । काठमाडौंमा शुक्रबार राति दुई बजेर ५१ मिनेट जाँदा भूकम्प गएको छ। भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएर राति उठेका थिए । उनीहरूको रातिको निद्रा पूरै बिग्रिएको थियो । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको हो।
खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । तराई-मधेस क्षेत्रका नागरिकले पनि भूकम्पको ठूलो धक्का महसुस भएको बताएका छन्। २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि त्रसित उपत्यवासीमा डरत्रास पैदा भएको छ ।
प्रतिक्रिया